Civil Aviation Authority of Nepal
सूचना

सुरक्षात्मक कार्यविधि सम्बन्धि सूचना

१० चैत २०७७



विगत केहि हप्ता देखि विश्वभरी  खासगरी छिमेकी देशहरुमा कोभिड –१९ को संक्रमण बढ्दो क्रममा देखिएकोले नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै अनावश्यक जमघट तथा भीडभाड हुने कार्य नगर्नु हुन र सामाजिक/भौतिक दुरी कायम गर्ने, मास्कको अनिवार्य र उचित प्रयोग तथा सावुन पानीले राम्रो संग हात धुने वा सेनिटाइजरको प्रयोग लगायत यस प्राधिकरणबाट मिति २०७७/०६/०१ मा जारी गरिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अबलम्बन गर्नुपर्ने सुरक्षात्मक कार्यविधिलाई पूर्ण रुपमा पालना गर्नुहुन अनुरोध  गरिन्छ ।


प्रशासन विभाग

नेपाल नागरिक उड्डयन प्राधिकरण